Menu

पोखरियामा रास्वपाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जनआवाज खबर |
November 05, 2026
Featured

 

पाेखरिया,१९ कार्तिक / नेपालीहरूको महान् पर्व शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पोखरिया नगर समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा उपस्थित नेताहरूले दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै आपसी सद्भाव, एकता र सामाजिक सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

त्यसैगरी, आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई गाउँगाउँसम्म विस्तार गर्ने, जनतासँग निरन्तर सम्पर्क र संवाद बढाउने तथा रास्वपालाई विजयी गराउन सबै नेता तथा कार्यकर्ताहरू एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै पार्टीको संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीमा सक्रियतापूर्वक जुट्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका जिल्ला सभापति हरि पन्तको प्रमुख आतिथ्यता तथा पोखरिया नगर समितिका सभापति दिलिप ठाकुरको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा रास्वपाका जिल्ला सदस्य तुलसा भण्डारी, नेता निजामुद्दिन सामानी, चन्दन यादव, मनोज कुर्मी, खलिल आलमलगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3