बलिराम शुक्ला, बिरुवागुठी१४ कार्तिक/पर्साको पर्सागढी नगरपालिका–३ मा रहेको जुनतारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष मञ्जु देवी क्षेत्रीको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले पानसमा दीप प्रज्वलन गरी गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख पाठकले महिलाहरूद्वारा सञ्चालित जुनतारा सहकारी जिल्लाकै उत्कृष्ट सहकारी संस्थामध्ये एक रहेको भन्दै प्रशंसा गरे। महिलाहरूले आफ्ना आवश्यकतासमेत कटौती गरेर गरेको बचतबाट संस्था करोडौँको कारोबार गर्न सफल भएको उल्लेख गर्दै उनले महिलाहरूको उद्यमशीलता र स्वरोजगार विकासका लागि सहकारीसँग सहकार्य गरेर अघि बढ्न नगरपालिका तयार रहेको बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले सहकारी संस्थाले बचत संकलन र ऋण लगानीमा मात्र सीमित नभई महिलाहरूलाई आत्मनिर्भर बनाउन स्वरोजगार तथा उद्यमशीलताका क्षेत्रमा समेत लगानी विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
साधारणसभाको उद्घाटन सत्रमा पर्सागढी नगरपालिका–३ का वडाध्यक्ष सुकमान तामाङ, पूर्व वडा सदस्य अरुणप्रकाश रेग्मी, झबराहा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विक्रम कार्की, सुनाखरी कृषि सहकारी संस्थाका अध्यक्ष दीपेश नेपाल, सहकारीकी उपाध्यक्ष कल्पना पौडेल, सदस्य सरस्वती भट्टराई तथा समाजसेवी नेत्रप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रबन्धक उर्मिला कार्की, लेखा प्रतिवेदन टुका आचार्य र ऋण प्रतिवेदन शान्ति ढकालले प्रस्तुत गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य शान्ति ढकाल पौडेलले गरेकी थिइन् भने सञ्चालन बलिराम शुक्लाले गरेका थिए।
यसैबीच, बन्द सत्रबाट सरस्वती भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा कल्पना पौडेल, सचिवमा कृष्णकुमारी बस्नेत शुक्ला र कोषाध्यक्षमा ज्ञानुदेवी आचार्य चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा कलिता देवी चौधरी, अन्नपूर्ण घिमिरे, विष्णुमाया बुढाथोकी, मन्दिरा लुइँटेल र सीता खनाल चयन भएका छन्।
त्यस्तै, लेखा समितिको संयोजकमा मिना देवी क्षेत्री तथा सदस्यमा टुका आचार्य र होमकुमारी सुवेदी चयन भएका छन्। ऋण समितिको संयोजकमा नोजकुमारी पौडेल तथा सदस्यमा पार्वती रेग्मी र शान्ति ढकाल चयन भएका छन्।



Comments
Post a Comment