बलिराम शुक्ला , बिरुवागुठि,७ कार्तिक /पर्साको पर्सागढी नगरपालिका–३ मा पुष्पाञ्जली बहुमुखी कृषक समूहको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
समूहका अध्यक्ष विजय चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले रिबन काटेर समुहको उदघाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पाठकले पर्सागढीमा धेरै सहकारी तथा कृषक समूह रहे पनि बहुउद्देश्यीय अवधारणासहित स्थापना भएको पुष्पाञ्जली बहुमुखी कृषक समूहले कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए। संस्था स्थापना गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई निरन्तरता दिँदै प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। साथै, पर्सागढीमा कृषि क्षेत्रलाई अल्पकालीन तथा दीर्घकालीन योजनासहित अगाडि बढाइएको उनले बताए।
कार्यक्रममा पर्सागढी नगरपालिका–५ का वडाध्यक्ष नितेश मिश्र, नगरसभा सदस्य ठग चौधरी, वडा नं. ३ का पूर्ववडाध्यक्ष उद्धवबहादुर उप्रेती, समाजसेवी टीकाराम पौडेल र बुद्धिराज पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
समूहका सदस्य सत्यनारायण दास थारूले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण बलिराम शुक्लाले गरेका थिए।



Comments
Post a Comment