Menu

पोखरिया गोल्डकपमा लमरिया फुटबल क्लब विजयी

जनआवाज खबर |
October 20, 2026
Featured

 

आदित्य शाक्य म्यान अफ द म्याच

धर्मेन्द्र चौरसिया, पोखरिया ३ कार्तिक/पर्साको पोखरिया नगरपालिका–४ मा सञ्चालित दोस्रो पोखरिया गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा लमरिया फुटबल क्लब विजयी भएको छ।

श्री नवदुर्गा पूजा समितिको आयोजनामा तथा पोखरिया नगरपालिका वडा नं. ४ को सहयोगमा सञ्चालित प्रतियोगिताअन्तर्गत आज भएको खेलमा लमरिया फुटबल क्लबले वीरगञ्ज सिटी क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

दुवै टोलीबीच भएको प्रतिस्पर्धात्मक खेलमा लमरिया फुटबल क्लबले उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गर्न सफल भयो। खेल सुरु हुनुअघि श्री नवदुर्गा पूजा समितिका अध्यक्ष एवं वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानुले खेलाडीहरूलाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गरेका थिए।


आजको खेलमा लमरिया फुटबल क्लबका अन्तर्राष्ट्रिय खेलाडी जर्सी नम्बर ९ का आदित्य शाक्यले दुई गोल गर्दै टोलीको जितमा महत्त्वपूर्ण योगदान पुर्‍याए। उत्कृष्ट प्रदर्शन गरेका शाक्यलाई म्यान अफ द म्याच घोषित गरिएको थियो।

म्यान अफ द म्याच घोषित शाक्यलाई यस अनलाइनका सञ्चालक तथा पत्रकार धर्मेन्द्र चौरसियाले सिल्ड, मेडल र नगद पुरस्कार प्रदान गरी सम्मानित गरेका थिए।

प्रतियोगिताले स्थानीय क्षेत्रमा फुटबल खेलको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिएका छन्। बुधबार पहिलो सेमिफाइनल खेल हाम्रो वीरगंज क्लब र रङपुर फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3