Menu

पोखरिया गोल्डकपको पहिलो सेमिफाइनलमा रङपुर युवा समाज क्लब विजयी

जनआवाज खबर |
October 21, 2026
Featured

 

धर्मेन्द्र चौरसिया, पोखरिया ४ कार्तिक / पर्साको पोखरियामा सञ्चालन भइरहेको दोस्रो पोखरिया गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा रङपुर युवा समाज क्लब विजयी भएको छ।

श्री नवदुर्गा पूजा समिति पोखरियाको आयोजनामा तथा पोखरिया नगरपालिका वडा नं. ४ को सहयोगमा सञ्चालित प्रतियोगिताअन्तर्गत बुधबार भएको सेमिफाइनल खेलमा रङपुर युवा समाज क्लबले हाम्रो वीरगञ्ज क्लबलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

हाम्रो वीरगञ्ज क्लब र रङपुर युवा समाज क्लबबीच भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा रङपुर युवा समाज क्लब विजयी हुँदै फाइनलमा प्रवेश गर्न सफल भयो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका रङपुर युवा समाज क्लबका गोलकिपर विकी उराँव म्यान अफ द म्याच घोषित भए। उनलाई पोखरिया नगरपालिका वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह  कानु र शिक्षक पारस ठाकुरले शिल्ड तथा मेडल प्रदान गरी सम्मानित गरेका थिए।

प्रतियोगितामा विभिन्न फुटबल क्लबहरूको सहभागिता रहेको छ। प्रतियोगिताले स्थानीय क्षेत्रमा फुटबल खेलको विकास तथा खेलाडीहरूको प्रतिभा उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बिहीबारको दोस्रो सेमीफाइनल खेल पोखरिया नगरपालिका २ लमरिया र श्रीपुर बीच हुने आयोजकले जनाएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3