$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पर्साको पोखरियामा कर्मचारीले तलब पाएनन्, सरसफाइ सेवा ठप्प

धर्मेन्द्र चौरसिया, पोखरिया, २९ असोज/  पर्साको पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीहरूले दशैंको मुखमा समेत तलब पाउन सकेका छैनन् । लामो समयदे...

धर्मेन्द्र चौरसिया, पोखरिया, २९ असोज/ पर्साको पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीहरूले दशैंको मुखमा समेत तलब पाउन सकेका छैनन् । लामो समयदेखि तलब भुक्तानी नहुँदा करार तथा स्थायी कर्मचारी आर्थिक समस्यामा परेका छन् भने तलबको माग गर्दै सरसफाइकर्मीले काम बन्द गरेपछि नगर क्षेत्रको सरसफाइ सेवा प्रभावित भएको छ । नगरपालिकामा कार्यरत करारका कर्मचारीहरूको छ महीनादेखि १२ महिनासम्मको तलब बाँकी रहेको बताइएको छ । त्यस्तै, सरसफाइकर्मीहरूले विगत १० महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । केही कर्मचारीले बेलाबखत तलब पाए पनि अधिकांशले नियमित तलब तथा सुविधा प्राप्त गर्न नसकेको जनाइएको छ ।

लामो समयसम्म तलब नपाउँदा दैनिक घरखर्च चलाउनसमेत कठिन भएको कर्मचारीहरूको भनाइ छ । दशैंजस्तो ठूलो चाड नजीकिंदा पनि पारिश्रमिक नपाएपछि कर्मचारी तथा उनीहरूका परिवार थप आर्थिक समस्यामा परेका छन् ।
तलब भुक्तानीको माग गर्दै सरसफाइकर्मीहरूले केही दिनदेखि काम ठप्प पारेका छन् । उनीहरूले काम बन्द गरेपछि नगर क्षेत्रमा नियमित सरसफाइ हुन सकेको छैन । यसले फोहोर व्यवस्थापनमा समस्या बढ्ने चिन्ता उत्पन्न भएको छ ।
यस विषयमा पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले नगरसभा हुन नसकेको कारण नगरपालिकाको खाता सञ्चालनमा समस्या आएको र त्यसैले कर्मचारीलाई तलब भुक्तानी गर्न नसकिएको बताएका छन् ।
नगरसभा सम्पन्न गराउन पहल भइरहेको जानकारी दिंदै नगरप्रमुख चौहानले समस्या चाँडै समाधान हुने र कर्मचारीको तलब भुक्तानी प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
नगरपालिकामा लामो समयदेखि तलब भुक्तानी हुन नसक्दा कर्मचारीको आर्थिक अवस्था प्रभावित हुनुका साथै नगरवासीले प्राप्त गर्दै आएको अत्यावश्यक सरसफाइ सेवासमेत प्रभावित भएको छ ।
कर्मचारीको बाँकी तलब भुक्तानी र सरसफाइ सेवा नियमित बनाउन नगरपालिकाले तत्काल पहल गर्नुपर्ने देखिएको छ । नगरसभा समयमैं सम्पन्न गरी आर्थिक तथा प्रशासनिक समस्या समाधान गर्न सकेमा कर्मचारीलाई राहत पुग्नुका साथै नगर क्षेत्रको सरसफाइ व्यवस्थासमेत पुनः नियमित हुने अपेक्षा गरिएको छ 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content