Menu

टाइब्रेकरमा रङपुर टाढी विजयी, दोस्रो पोखरिया फुटबल टुर्नामेन्टको उपाधि हात पार्‍यो

जनआवाज खबर |
October 23, 2026
Featured

 

पोखरिया, ६ कार्तिक /श्री नवदुर्गा पूजा समितिको आयोजना तथा पोखरिया नगरपालिका वडा नं. ४ को सहयोगमा सञ्चालित दोस्रो पोखरिया फुटबल टुर्नामेन्ट प्रतियोगिताको उपाधि मुन सन लाइट युवा समाज क्लब रङपुर टाढीले जितेको छ।

शुक्रबार सम्पन्न फाइनल खेलमा रङपुर टाढीले लमरिया फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। निर्धारित खेलमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा बाजी मार्दै रङपुर टाढीले प्रतियोगिताको उपाधि उचाल्न सफल भयो।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री अजय चौरसियाले विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई पुरस्कार वितरण गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौरसियाले खेलकुदले युवाहरूमा अनुशासन, एकता, आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने बताए। उनले युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै स्थानीय स्तरमा लुकेर रहेका प्रतिभालाई पहिचान र प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। उनले खेलकुदको विकासका लागि स्थानीय तह, आयोजक समिति तथा सरोकारवाला सबैले सहकार्य गर्नुपर्ने धारणा राखे।

समितिका अध्यक्ष तथा पोखरिया नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण साह  कानुको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा मधेश प्रदेशसभा सदस्य श्याम पटेल, पूर्वसभासद् रामेश्वर रौनियार, वडा अध्यक्ष विजय गैरे, परमानन्द पटेल, पोखरियाका पूर्वमेयर दीप नारायण रौनियारलगायत विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

विजयादशमीको अवसरमा आयोजित प्रतियोगिताले स्थानीय युवाहरूमा खेलकुदप्रतिको उत्साह बढाउनुका साथै आपसी भाइचारा, सद्भाव र सामाजिक एकता प्रवर्द्धन गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3