Menu

पोखरियामा घरेलु मदिरा नियन्त्रण गर्न खोज्दा प्रहरी र स्थानीयबीच तनाव

जनआवाज खबर |
October 31, 2026
Featured

 

पोखरिया,१४ कार्तिक /पर्साको पोखरिया बजारमा घरेलु मदिरा नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थानीयवासीबीच केही समय तनाव उत्पन्न भएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले बजारमा रहेका विभिन्न रक्सी पसलमा बिक्री वितरणका लागि राखिएको घरेलु मदिरा नियन्त्रणमा लिन खोजेपछि स्थानीयले विरोध गरेका हुन्।

प्रहरीले पसलबाट घरेलु मदिरा नियन्त्रणमा लिएर लैजान खोज्दा स्थानीयवासीले अवरोध गर्दै मदिरा खोसेर पुनः सम्बन्धित पसलेको जिम्मा लगाएका थिए। घटनाका क्रममा केही समय प्रहरी र स्थानीयबीच भनाभन तथा तनावको अवस्था सिर्जना भएको थियो।

स्थानीयवासीका अनुसार घरेलु मदिरा बिक्री वितरण भइरहेको पसलबाट नियन्त्रणमा लिनुभन्दा मदिरा उत्पादन भइरहेको स्थानमै पुगेर उत्पादन रोक्न प्रहरीले पहल गर्नुपर्छ। उत्पादन गर्ने ठाउँमा कारबाही नगरी बिक्री वितरणका लागि राखिएको पसलबाट मात्र मदिरा नियन्त्रणमा लिनु उचित नभएको उनीहरूको भनाइ थियो।

स्थानीयले घरेलु मदिरा नियन्त्रण गर्ने प्रहरीको अभियानप्रति विरोधभन्दा पनि कारबाहीको प्रक्रियामाथि असन्तुष्टि जनाएका थिए।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3