Menu

३२ लाखको माछासहित ट्रक प्रहरी नियन्त्रणमा

जनआवाज खबर |
November 05, 2026
Featured

वीरगन्ज, १९ कार्तिक /पर्सा प्रहरीले भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको माछासहित एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा प्रहरीले ३२ लाख ११ हजार ३ सय ९२ रुपैयाँ बराबरको माछा लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो।

प्रहरीले २०८३ कात्तिक १८ गते राति करिब ११ बजे वीरगन्ज महानगरपालिका–२५ स्थित आईसीपी सुक्खा बन्दरगाह क्षेत्रमा चेकजाँच गर्ने क्रममा उक्त ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश २–०३–००१ ख ७०७६ नम्बरको सेतो–कालो रङको टाटा कम्पनीको मालवाहक ट्रक रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा ट्रकमा १६ क्विन्टल माछाको मात्र भन्सार प्रज्ञापनपत्र रहेको तर आवश्यक कागजातमा उल्लेखित परिमाणभन्दा ४४ क्विन्टल बढी माछा लोड गरिएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले ट्रकका चालक पर्साको बीरगंज महानगरपालिका–२१ निवासी २३ वर्षीय रवि कुमार साहलाई ट्रक र माछासहित नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएको ट्रक तथा माछाको कुल मूल्यांकन ३२ लाख ११ हजार ३ सय ९२ रुपैयाँ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि प्रहरीले चालक, ट्रक र माछासहित कात्तिक १९ गते वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3