पोखरिया १९ कार्तिक/नेपाली कांग्रेस पोखरिया नगरपालिका वडा नम्बर–१ मा वडा स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा पूर्व नगर प्रमुख एवं नेपाली कांग्रेसका नेता दीप नारायण रौनियार, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा उपमेयरका प्रत्याशी आशा चौहान, सकिम मिया, मुकेश कुर्मी, राजु गिरी, सुरेन्द्र सिंहलगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन सुदृढीकरण, आपसी एकता र चुनावी रणनीतिका विषयमा छलफल गरिएको थियो। भेलामा सहभागी नेताहरूले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन पार्टीभित्रका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
नेताहरूले व्यक्तिगत स्वार्थ र आपसी मतभेदभन्दा माथि उठेर पार्टीको हितलाई प्राथमिकता दिनुपर्ने बताउँदै गाउँटोलसम्म संगठन विस्तार गरी जनताको घरदैलोसम्म पुग्न कार्यकर्ताहरूलाई आग्रह गरेका थिए।
कार्यकर्ता भेटघाटले पार्टीभित्र आपसी सद्भाव, एकता र संगठनात्मक सक्रियता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

Comments
Post a Comment