Menu

पोखरियामा ‘सामाजिक सञ्जाल : वरदान कि श्राप’ विषयक वादविवाद प्रतियोगिता सम्पन्न

जनआवाज खबर |
November 06, 2026
Featured

 

पोखरिया,२० कार्तिक/ दास प्रोफेसनलको आयोजनामा माध्यमिक विद्यालयस्तरीय ‘सामाजिक सञ्जाल : वरदान कि श्राप’ विषयक वादविवाद प्रतियोगिता पोखरियामा सम्पन्न भएको छ।

प्रतियोगितामा श्री जिल्ला उच्चाङ्ग रामदेव कलवार माध्यमिक विद्यालय, पोखरिया, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटा र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, महुवन गरी तीनवटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा निचुटा माध्यमिक विद्यालय प्रथम, श्री जिल्ला उच्चाङ्ग रामदेव कलवार माध्यमिक विद्यालय द्वितीय र महुवन माध्यमिक विद्यालय तृतीय भएका छन्।

नेपाली कांग्रेसकी नेतृ तथा उपमेयर पदकी प्रत्याशी आशा चौहानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले सामाजिक सञ्जालको सही प्रयोगले ज्ञान, सूचना र अवसर प्राप्त गर्न सकिने बताउँदै यसको दुरुपयोगले विद्यार्थीको पढाइ, समय र भविष्यमा नकारात्मक असर पार्न सक्ने धारणा राखिन्।

उनले भनिन्, “सामाजिक सञ्जाल आफैँमा न राम्रो हो, न नराम्रो। यसको प्रयोग गर्ने तरिकाले यसलाई वरदान वा श्राप बनाउँछ। विद्यार्थीहरूले सामाजिक सञ्जाललाई मनोरञ्जनमा मात्र सीमित नराखी ज्ञान, सीप र नयाँ कुरा सिक्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्छ। यस्ता वादविवाद प्रतियोगिताले विद्यार्थीमा तर्क गर्ने क्षमता, आत्मविश्वास र बोल्ने कलाको विकास गर्न सहयोग पुर्‍याउँछ।”

कार्यक्रममा पवन गुप्ता, नवीन पटेल, मुकेश साह, प्रधानाध्यापक राजकुमार साहलगायतको उपस्थिति रहेको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक पक्षबारे सचेतना अभिवृद्धि गर्नुका साथै आफ्ना विचार तर्कसहित प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3