Menu

पोखरियामा विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी जनचेतना

जनआवाज खबर |
November 05, 2026
Featured

पोखरिया, १९ कात्तिक पर्साको पोखरियामा विद्यार्थीहरूलाई सडक सुरक्षा तथा ट्राफिक नियमबारे सचेत गराउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

पोखरिया बजरंग युवा समाजको सहकार्य तथा इलाका प्रहरी कार्यालय पोखरिया र श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

पोखरिया बजरंग युवा समाजका अध्यक्ष पवन गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी वरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूलाई सडक सुरक्षा, ट्राफिक नियमको पालना, सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, मोटरसाइकल तथा स्कुटर चलाउँदा हेल्मेटको प्रयोग र सडक दुर्घटना न्यूनीकरणका उपायहरूबारे जानकारी गराइएको थियो।

विद्यार्थीहरूलाई सानै उमेरदेखि ट्राफिक नियमप्रति सचेत बनाउँदै सडक सुरक्षासम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने तथा दुर्घटना न्यूनीकरणमा उनीहरूको भूमिका प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका आयोजकले यस्ता जनचेतनामूलक गतिविधिले विद्यार्थीहरूमा ट्राफिक नियमप्रतिको जिम्मेवारी, अनुशासन र सुरक्षित व्यवहारको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, सडक दुर्घटना न्यूनीकरण गर्दै सुरक्षित समाज निर्माणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3