Menu

बाराको फेटामा गोली लागेर घाइते बालकलाई थप उपचारका लागि काठमाडौं लगियो

जनआवाज खबर |
November 01, 2026
Featured

बारा, १५ कात्तिक/ बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनलाई लिएर भएको झडपमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १४ वर्षीय बालकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

फेटा गाउँपालिका–३ निवासी आदित्य पासवानलाई आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो। तिघ्राभन्दा माथिको भागमा गोली लागेका पासवानको वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको थियो।

अवस्था गम्भीर रहेकाले थप उपचारका लागि उनलाई काठमाडौंस्थित महाराजगन्जको शिक्षण अस्पताल पठाइएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए।

शनिबार फेटा गाउँपालिका–३ मा संघीय सरकारको लगानीमा निर्माण भएको १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयमा विवाद चर्किएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर पासवान घाइते भएका थिए।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3