Menu

पोखरियाको एघारौँ नगरसभा सम्पन्न, ५८ करोडको बजेट सार्वजनिक

जनआवाज खबर |
October 30, 2026
Featured

 

धर्मेन्द्र चौरसिया, पोखरिया,१३ कार्तिक/पर्साको पोखरिया नगरपालिकाको एघारौँ नगरसभा तथा बजेट प्रस्तुतिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। नगरसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि ५८ करोड १८ लाख ९ हजार ८३९ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख प्रदुमन चौहानले नगरपालिकाको आर्थिक अवस्था कमजोर रहे पनि विभिन्न चुनौतीको सामना गर्दै सम्पूर्ण नगरसभा सदस्यलाई एकढिक्का बनाएर अघि बढेको बताए। उनले सीमित आर्थिक स्रोतका बाबजुद नगरको विकास निर्माणका कामलाई निरन्तरता दिनुपर्ने चुनौती रहेको उल्लेख गरे।

आफ्नो चार वर्षे कार्यकालको उपलब्धिबारे चर्चा गर्दै नगरप्रमुख चौहानले ४० वर्षदेखि रोकिएको पोखरिया नगरपालिकाको नगर विस्तार सम्बन्धी कामलाई अन्तिम रूप दिएको बताए। त्यस्तै, श्री जिल्ला उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियाका लागि संघीय सरकारबाट ६ करोड रुपैयाँ बजेट विनियोजन भएको, नापी तथा मालपोत कार्यालय सञ्चालनमा आएको र विभिन्न वडामा संघ, प्रदेश तथा नगरपालिकाको लगानीमा नाला, सडक, मन्दिर तथा वडा कार्यालय भवन निर्माणजस्ता ठूला योजनाहरू सञ्चालन गरिएको जानकारी दिए।

नगरसभामा निमित प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पटेलले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए। प्रस्तुत बजेटमा नेपाल सरकारको समानीकरण अनुदान १० करोड ७० लाख, सशर्त अनुदान चालुतर्फ २१ करोड ४१ लाख, सशर्त अनुदान पुँजीगततर्फ ५६ लाख, सम्पूरक अनुदान २६ लाख र विशेष अनुदान ९७ लाख रुपैयाँ रहेको छ।

त्यसैगरी, प्रदेश सरकारको समानीकरण अनुदान ७३ लाख ८२ हजार, विशेष अनुदान २० लाख, सम्पूरक अनुदान ४० लाख, प्रदेश राजस्व बाँडफाँट ७६ लाख ७९ हजार र संघीय राजस्व बाँडफाँट ९ करोड ७३ लाख ७० हजार रुपैयाँ रहेको छ। स्थानीय राजस्वबाट २ करोड र आन्तरिक स्रोतबाट ११ करोड २३ लाख ७८ हजार ८३९ रुपैयाँ जुटाउने अनुमान गरिएको छ।

कार्यक्रममा वडा अध्यक्षहरू प्रमोद गिरी, लक्ष्मण साह कानु, नौसाद आलम, किशोरी साह र सोनालाल साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन नरेन्द्र साहले गरेका थिए भने सहजीकरण भगवान साहले गरेका थिए।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3