Menu

अस्पताल उद्घाटन विवादमा बारामा प्रहरीको गोली, १८ वर्षीय युवक गम्भीर घाइते

जनआवाज खबर |
October 31, 2026
Featured

 

बारा, १४ कात्तिक/ बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर भएको विवादले उग्र रूप लिएपछि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर एक १८ वर्षीय युवक गम्भीर घाइते भएका छन्।

संघीय सरकारको लगानीमा निर्माण गरिएको अस्पतालको उद्घाटनका लागि गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो। तर, अस्पतालको निर्माण कार्य पूर्ण नभई उद्घाटन गर्न लागिएको भन्दै गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले कार्यक्रमको विरोध गरेका थिए।

विरोधका क्रममा अस्पताल परिसरमा राखिएको शिलालेखसमेत तोडफोड भएपछि अध्यक्ष पक्षधर र विरोधमा उत्रिएका स्थानीयबीच तनाव बढ्दै झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसँगै गोली चलाएको बताइएको छ।

प्रहरीको गोली लागेर स्थानीय धर्मेन्द्र पासवानका १८ वर्षीय छोरा अदित पासवान गम्भीर घाइते भएका छन्। उनको पेटमा गोली लागेको र वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीको बल प्रयोगपछि आक्रोशित बनेका प्रदर्शनकारीले अस्पताल परिसरमा तोडफोड गर्नुका साथै १० वटा मोटरसाइकलमा आगजनी गरेका छन्। घटनापछि क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय सिमराबाट थप सुरक्षाकर्मीसहित पुगेका डीएसपी दयाकृष्ण भट्टले स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रयास गरिरहेको बताएका छन्।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समीक्षा बास्कोटा अस्पताल उद्घाटन कार्यक्रममा सहभागी हुन बारा पुगेकी थिइन्। तत्कालीन विवेकशील नेपाली पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष अन्सारीविरुद्ध उत्रिएको स्थानीय समूहले उद्घाटन कार्यक्रम रोक्न खोजेपछि विवाद सुरु भएको हो।

गाउँपालिका अध्यक्ष अन्सारीले भने आफ्नो विरोधमा नेकपा एमालेका कार्यकर्ता परिचालित भएको आरोप लगाएका छन्। पूर्वगाउँपालिका अध्यक्ष अमिरिलाल पालको निर्देशनमा घटना गराइएको उनको दाबी छ। तर, विवादको वास्तविक कारण र घटनामा संलग्न पक्षबारे थप विवरण आउन बाँकी छ।

घटनाले अस्पताल उद्घाटनको विषयलाई लिएर स्थानीय तहमा देखिएको राजनीतिक तथा सामाजिक विवादलाई हिंसात्मक रूप दिएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3