Menu

पोखरियामा एकदिने दङ्गल कुस्ती प्रतियोगिता सम्पन्न

जनआवाज खबर |
October 24, 2026
Featured

 

धर्मेन्द्र चौरसिया, पोखरिया ७ कार्तिक/ पर्साको पोखरियामा श्री नवदुर्गा पूजा समितिको आयोजनामा एकदिने दङ्गल कुस्ती प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका पहलवानहरूले सहभागिता जनाउँदै आफ्नो कुस्ती कला प्रदर्शन गरेका थिए।

कार्यक्रम वडा अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री सुरेन्द्र चौधरीले रिवन काटेर गरेका थिए।

कार्यक्रममा पोखरिया नगरपालिकाका नगरप्रमुख प्रदुमन चौहान, पूर्व नगरप्रमुख दीप नारायण रौनियार, पूर्व संविधानसभा सदस्य रामेश्वर रौनियार, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष दिलीप ठाकुर, निजामुद्दिन सामानी, वडा अध्यक्ष नौसाद आलम, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि आशा चौहान, रामबाबु चौहान, शंकर यादव, नेकपा एमालेका नेता मनिर आलम तथा नेकपाका प्रदेश कमिटी सदस्य पानालाल पटेललगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा भारतको अयोध्याका नागेन्द्र दास, हरियाणाका प्रदीप पहलवान, विक्की पहलवान, मोहम्मद प्रवेज पहलवान, बनारसका अनिल पहलवान तथा नेपालका रुपन्देहीका मेवा थापा, शंकर थापा, पर्साको गरदौलका सुमित पहलवान, राजा पहलवान, बृजकिशोर पहलवान लगायतका पहलवानहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा सहभागी पहलवानहरूले विभिन्न प्रतिस्पर्धामा एकअर्कालाई चुनौती दिँदै कुस्ती प्रदर्शन गरेका थिए। प्रतियोगिता हेर्न स्थानीय बासिन्दा तथा कुस्तीप्रेमीहरूको उपस्थिति रहेको थियो।

स्थानीयस्तरमा परम्परागत कुस्ती खेलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।


यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3