Menu

ठोरीमा २० वर्षीय भारतीय युवकको शव फेला, दुई जना पक्राउ

जनआवाज खबर |
October 23, 2026
Featured

ठोरी ,६ कार्तिक /पर्साको ठोरी गाउँपालिका–३, बुद्धनगरस्थित ओडारखोला बगरमा बिहीबार बिहान एक भारतीय युवकको शव फेला परेको छ। मृतक भारतको बिहार राज्यअन्तर्गत पश्चिम चम्पारण जिल्लाको खमिया निवासी लालु देवानका २० वर्षीय छोरा इरसाद आलम रहेको जनाइएको छ।

स्थानीय क्षेत्रमा युवकको शव फेला परेपछि घटनाबारे अनुसन्धान सुरु गरिएको छ। घटनासँग सम्बन्धित हुन सक्ने आशंकामा भारतीय सुरक्षाकर्मीले इनर्वा क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको बताइएको छ। यद्यपि, पक्राउ परेका व्यक्तिहरूको घटनामा संलग्नता पुष्टि भइसकेको छैन।

मृतक आलमको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ। पोस्टमार्टमको प्रतिवेदन तथा अन्य अनुसन्धानबाट घटनाको वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ।

घटनाको प्रकृति, युवकको मृत्युको कारण र सम्भावित संलग्न व्यक्तिहरूबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3