Menu

लमरिया फुटबल क्लब फाइनलमा प्रवेश, उपाधिका लागि रङपुरसँग भिड्ने

जनआवाज खबर |
October 22, 2026
Featured

 

धर्मेन्द्र चौरसिया, पोखरिया ५ कार्तिक/ श्री नवदुर्गा पूजा समिति पोखरियाको आयोजनामा सञ्चालित दोस्रो पोखरिया फुटबल टुर्नामेन्ट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा लमरिया फुटबल क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ।

बिहीबार सम्पन्न खेलमा पोखरिया नगरपालिका–२ स्थित लमरिया फुटबल क्लबले मुन सन लाइट क्लब श्रीपुर पचगावालाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

लमरिया फुटबल क्लबले टाइब्रेकरमा एक गोल र खेलको दोस्रो हाफमा थप एक गोल गर्दै दुई गोलको जित हासिल गरेको आयोजकले जनाएको छ। प्रतिस्पर्धात्मक खेलमा लमरियाले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेको हो।

प्रतियोगिताको उपाधिका लागि शुक्रबार लमरिया फुटबल क्लब र रङपुर युवा समाज क्लबबीच प्रतिस्पर्धा हुने आयोजक श्री नवदुर्गा पूजा समितिले जनाएको छ।

फाइनल खेलमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने अपेक्षा गरिएको छ। प्रतियोगिताले स्थानीय क्षेत्रमा फुटबल खेलको विकास र खेलाडीको प्रतिभा प्रस्फुटनमा योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3