धर्मेन्द्र चौरसिया, पोखरिया,१३ कार्तिक /पर्साको पोखरियामा श्री पोखरिया बजरंग युवा समाजले बाल कक्षादेखि कक्षा २ सम्म अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
श्री जिल्ला उच्चांग रामदेव कलवार माध्यमिक विद्यालयमा आज आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक स्टेसनरी सामग्री वितरण गरिएको हो। बालबालिकामा शिक्षाप्रति रुचि र उत्साह बढाउने उद्देश्यले युवा समाजले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक शुभानुभक्त अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता युवा समाजका अध्यक्ष पवन गुप्ताले गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजकुमार रौनियार, शिक्षकद्वय अनिल गिरी र मदन सहनीलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, पोखरिया बजरंग युवा समाजका सल्लाहकार राजेश महतो, अजय महतो, मनिष रौनियार, अनिल चौहान, जितेन्द्र महतो, सुनिल महतो लगायत युवा समाजका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा अतिथिहरूले बालबालिकाको शैक्षिक विकासका लागि यस्ता सहयोगात्मक गतिविधि महत्वपूर्ण हुने बताउँदै सामाजिक उत्तरदायित्व निर्वाहमा युवाहरूको सक्रियता प्रशंसनीय रहेको धारणा व्यक्त गरेका थिए।
युवा समाजको यस पहलले विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरित गर्नुका साथै शैक्षिक वातावरण सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।


Comments
Post a Comment