$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

सिमरामा चक्कु प्रहारबाट युवकको मृत्यु, घटनामा संलग्न व्यक्ति फरार

  बारा, ३ असोज/   बाराको सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगर पालिका–२ स्थित सम्झना स्टाफ होटलमा शनिबार साँ...

 

बारा, ३ असोज/  बाराको सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगर पालिका–२ स्थित सम्झना स्टाफ होटलमा शनिबार साँझ भएको विवादका क्रममा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

होटलमा खाजा खाने क्रममा विवाद उत्पन्न भएपछि भान्सामा प्रयोग हुने चक्कुले खड्कामाथि आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

चक्कु प्रहारबाट खड्काको घाँटीमा गम्भीर चोट लागेको थियो। घाइते खड्कालाई तत्काल उपचारका लागि वीरगञ्ज लगिएकोमा अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि चक्कु प्रहारमा संलग्न व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। फरार व्यक्तिको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content