पोखरिया ५ असोज / सन लाइफ इन्स्योरेन्स कम्पनी पोखरिया शाखाको आयोजनामा सोमबार पोखरियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पोखरिया शाखाका ब्र...
पोखरिया ५ असोज /सन लाइफ इन्स्योरेन्स कम्पनी पोखरिया शाखाको आयोजनामा सोमबार पोखरियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
पोखरिया शाखाका ब्रान्च म्यानेजर महावीर ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा अनिल गिरी, धर्मेन्द्र चौरसिया, प्रमोद ठाकुर, ओमप्रकाश साह, नवराज गिरी, गजेन्द्र ठाकुर र वीरेन्द्र कुर्मीलगायत रहेका छन्।
कार्यक्रममा पोखरिया नगरपालिकाका नगरप्रमुख प्रदुमन चौहान, पूर्व नगरप्रमुख दीप नारायण रौनियार, पूर्व वडा अध्यक्ष बंका राउत कुर्मीलगायतको उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रमले रक्त अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग पुग्ने तथा समाजमा रक्तदानप्रति जनचेतना अभिवृद्धि हुने आयोजकले विश्वास व्यक्त गरेका छन्।

COMMENTS