$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पर्सागढीमा सिमेन्ट बोकेको ट्र्याक्टरबाट ३० बोरा लुटियो, बाँकी सिमेन्टमा आगजनी

  बिरुवा गुठी,३असोज /पर्साको पर्सागढी नगरपालिका–१ मनवा बजार नजिक जनता सडकमा सिमेन्ट बोकेको ट्र्याक्टरबाट अज्ञात समूहले गए राति करिब ३० बोरा ...

 

बिरुवा गुठी,३असोज /पर्साको पर्सागढी नगरपालिका–१ मनवा बजार नजिक जनता सडकमा सिमेन्ट बोकेको ट्र्याक्टरबाट अज्ञात समूहले गए राति करिब ३० बोरा सिमेन्ट लुटेर लगेका छन् भने बाकी रहेको सिमेन्टमा समेत आगजनी गरिदिएका छन ।

ना.६ त ९०३९ नम्बरको ट्र्याक्टरमा बाराको बजनीस्थित आरएमसी सिमेन्ट उद्योगबाट २०० बोरा सिमेन्ट लोड गरी बिक्रीका लागि रङ्गपुरस्थित सायण रौनियार इन्टरप्राइजेज लैजाँदै गरिएको थियो। भारी वर्षाका कारण ट्र्याक्टर मुख्य सडकमा फसेपछि चालकले ट्र्याक्टर त्यहीँ छाडेर घर गएको बताइएको छ।

बिहान घटनास्थलमा पुग्दा करिब ३० बोरा सिमेन्ट लुटेर लगिएको र बाँकी सिमेन्टमा आगजनी गरिएको अवस्थामा भेटिएको सायण रौनियार इन्टरप्राइजेज रङ्गपुरका सञ्चालक राजकिशोर साहले बताए। आगलागीबाट सिमेन्टका बोरा जलेर नष्ट भएको र करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको साहले बताए।

मनवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ऋषिराम भट्टराईका अनुसार रातभरि भारी वर्षा भइरहेको अवस्थामा बिहान करिब ४ देखि ५ बजेको समयमा अज्ञात समूहले सिमेन्ट लुट्नुका साथै आगजनी गरेको हुन सक्ने प्रारम्भिक अनुमान छ।

घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको छैन। प्रहरीले घटनामा संलग्न समूहको खोजी तथा अनुसन्धान अघि बढाएको प्रहरी सहायक निरीक्षक भट्टराईले बताए। घटनास्थल मनवा प्रहरी चौकीबाट करिब २०० मिटरको दूरीमा रहेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content