$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

जन्मदिनको अवसरमा छात्राहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

पोखरिया ३० भदौ /जन्मदिनलाई तडकभडक र मनोरञ्जनमा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले पत्रकार धर्मेन्द्र चौरसियाका छोरा सुरज चौरसियाल...

पोखरिया ३० भदौ /जन्मदिनलाई तडकभडक र मनोरञ्जनमा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले पत्रकार धर्मेन्द्र चौरसियाका छोरा सुरज चौरसियाले आफ्नो २०औँ जन्मोत्सवको अवसरमा छात्राहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेका छन्।

पोखरिया नगरपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सुरजले विद्यालयका ३४ जना छात्रालाई न्यानो कपडा तथा आवश्यक शैक्षिक सामग्री वितरण गरेका हुन्। जाडो मौसममा विद्यार्थीलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराउँदै उनीहरूको अध्ययनमा थप सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको हो।

कार्यक्रम वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मी, विद्यालयका प्रधानाध्यापक शंकर शाह रौनियार, प्रदीप चौरसिया, राम कलश चौरसिया, पत्रकार शैलेश गुप्ता, दिपेश चौरसिया, राजा ठाकुरलगायतको उपस्थिति थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले जन्मदिनको अवसरमा गरिने सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै युवापुस्तालाई सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने बताए। उनीहरूले सुरजको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा मानवीय कार्यलाई निरन्तरता दिन शुभकामना व्यक्त गरे।

सुरज चौरसियाले जन्मदिनको अवसरमा गरिएको सहयोग सानो भए पनि यसले छात्राहरूको अध्ययनमा उत्साह थप्ने विश्वास व्यक्त गरे। उनले आफ्नो खुसीलाई विद्यार्थीहरूसँग बाँड्दै उनीहरूको शैक्षिक यात्रामा केही योगदान पु¥याउन पाउँदा आफूलाई खुसी लागेको बताए।


पत्रकार धर्मेन्द्र चौरसियाले जन्मदिन मनाउने क्रममा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा रूपान्तरण गर्ने उद्देश्यले छात्राहरूलाई सहयोग गरिएको बताए। उनले बालबालिकाको शिक्षा र आवश्यकतामा सहयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता अभियानले समाजमा सकारात्मक संस्कारको विकास गर्न मद्दत पुग्ने बताए।


विद्यालय परिवारले जन्मोत्सवको अवसरमा छात्राहरूलाई सहयोग गरेकोमा सुरज चौरसियाप्रति आभार व्यक्त गर्दै उनको सामाजिक भावना र सकारात्मक सोचको प्रशंसा गरेको छ। कार्यक्रमको सहजीकरण शिक्षक गनी अन्सारीले गरेका थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content