बिरुवागुठी,३असोज/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगर समितिले ११औँ संविधान दिवसको अवसरमा शनिबार साँझ बडनिहार चोकमा दीप प्रज्...
बिरुवागुठी,३असोज/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगर समितिले ११औँ संविधान दिवसको अवसरमा शनिबार साँझ बडनिहार चोकमा दीप प्रज्वलन गरी संविधान दिवस मनाएको छ।
नगर समिति सभापति कविराज अर्यालको अध्यक्षतामा भएको
कार्यक्रममा पर्सा क्षेत्र नं. २ का क्षेत्रीय उपसभापति शान्ति पौडेल, पूर्व प्रदेश सदस्य समीर अन्सारी, युवा समाजसेवी राम अगस्ती लगायत पर्सागढी नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका वडा सभापतिहरूले संविधान दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा राजस्वका युवा नेता बुद्धिराज पौडेल , रबिसंखर चौधरी लगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण रास्वपा युवा नेता धीरेन्द्र पटेलले गरेका थिए।


COMMENTS