$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइने, विद्युत–टेलिकमसहितका संरचना भूमिगत रहने

वीरगंज – विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न...

वीरगंज – विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको बैठकले सडक निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिँदा विद्युत, खानेपानी, टेलिकम तथा केबल नेटवर्कलाई भूमिगत रूपमा समेटेर एकीकृत डिजाइन, इस्टिमेट र कार्यान्वयनको व्यवस्था मिलाउन सडक डिभिजन कार्यालय हेटौँडालाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यसअघि तयार गरिएको डीपीआरमा समेत खानेपानी, विद्युत् र केबल नेटवर्कलाई भूमिगत बनाउने व्यवस्था समेटिएको थियो । सोही व्यवस्थालाई आधार बनाएर सडक निर्माणसँगै आवश्यक पूर्वाधारको एकीकृत व्यवस्थापन गरिने भएको हो । यसबाट सडक निर्माणपछि पटक–पटक सडक खन्नुपर्ने अवस्था अन्त्य हुनुका साथै मुख्य सडक व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसैबीच, सडक विस्तारका क्रममा मुख्य सडक सीमाभित्र रहेका खानेपानी, विद्युत, टेलिकमलगायतका निकायका संरचना व्यवस्थापन गर्न बैठकले आग्रह गरेको छ । संरचना हटाउने क्रममा सडक तथा नाला क्षेत्रमा थुप्रिएको फोहोर र निर्माणजन्य सामग्रीका कारण कतिपय स्थानमा नाला अवरुद्ध भएकाले तत्काल सरसफाइ गर्नसमेत सम्बन्धित निकायलाई भनिएको छ ।

महानगरपालिकाले सडक तथा नाला क्षेत्रमा थुप्रिएका फोहोर र निर्माण सामग्री तत्काल हटाई आवश्यक सरसफाइको व्यवस्था मिलाउन सडक डिभिजन कार्यालय हेटौँडालाई बिहीबार नै पत्राचार गरेको छ । वर्षायाममा फोहोरका कारण पानीको निकास प्रभावित हुन सक्ने तथा लामखुट्टेको प्रकोप र संक्रमणजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले सरसफाइलाई प्राथमिकता दिइएको महानगरपालिकाले जनाएको छ ।

चाडपर्वसमेत नजिकिँदै गएको अवस्थामा महानगर क्षेत्रको स्वच्छता, सरसफाइ र जनस्वास्थ्यलाई ध्यानमा राख्दै सडक विस्तारसँगै फोहोर व्यवस्थापनको कामलाई अघि बढाइएको हो । सरसफाइ तथा संरचना व्यवस्थापनका क्रममा आवश्यक समन्वय र सहकार्य गर्न महानगरपालिका तयार रहेको जनाएको छ ।
बैठकमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोरा, सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर दुर्गाप्रसाद, नेपाल विद्युत् प्राधिकरण वीरगंजका निर्मल कुमार फौजदार, नेपाल टेलिकम वीरगंजका प्रमुख इन्जिनियर दिलिप कुमार बर्मा र खानेपानी संस्थान वीरगंजका प्रमुख मोहनदत्त भट्टलगायतको उपस्थिति थियो ।

Uploaded Image

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content