बिरुवागुठि ,२१ भदौ/लागूऔषध गाँजा भण्डारण गरेर राखिएको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्सागढी नगरपालिका–३ झुलिटार स्थित गोरे लामाको घरमा खानतलासी गर्दा ४० के जि लागुऔषध गाजा सहित एक जना लाई नियन्त्रणमा लिएको छ ।प्रहरीका अनुसार भदौ २० गते राति करिब ९ बजे गोरे लामाको घरमा खानतलासी गर्दा घरभित्र ड्रममा लुकाइछिपाइ राखिएको अवस्थामा करिब ४० किलो गाँजा फेला परेको हो।
गाँजा बरामद भएपछि प्रहरीले घर धनि पर्सागढी नगरपालिका–३ निवासी ६० वर्षीय गोरे लामालाई नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गाँजासहित लामालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बरामद गाँजा र पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिए।

COMMENTS