$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

सामुदायिक विद्यालय सफल बनाउन सबै पक्षको भूमिका आवश्यक : नगर प्रमुख पाठक

  बलिराम शुक्ला, बिरुवागुठी ३ असोज /पर्साको पर्सागढी नगरपालिका नगर प्रमुख गोकर्ण पाठकले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्य...

 

बलिराम शुक्ला, बिरुवागुठी ३ असोज /पर्साको पर्सागढी नगरपालिका नगर प्रमुख गोकर्ण पाठकले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यालयलाई सफल बनाउन विद्यार्थी, अभिभावक, शिक्षक, स्थानीय तह र सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहने बताएका छन्।


पर्सागढी नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालय पकडिया–बडनिहारमा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीको स्वागतमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नगर प्रमुख पाठकले नेपाल सरकारको धेरै विद्यार्थी उत्तीर्ण गराउने नीतिका कारण शैक्षिक गुणस्तर कमजोर हुँदै गएको बताएका हुन्।

उनले पर्सागढी नगरपालिकाले गत वर्षदेखि ‘बोर्डर लाइन’ निर्धारण गरी कक्षा ८ को परीक्षा पालिकास्तरबाटै सञ्चालन गर्न थालेको जानकारी दिए। आगामी शैक्षिक सत्रदेखि कक्षा ५ को परीक्षा पनि पालिकास्तरबाटै सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।

विद्यालयका प्रधानाध्यापक टेकबहादुर कामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ११ र १२ व्यवस्थापनका शिक्षक अमित चौधरीलगायत अतिथि, शिक्षक तथा विद्यार्थीहरूले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा गत वर्ष कक्षा ११ र १२ मा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका छात्र श्यामसुन्दर राम र छात्रा मादया खातुनलाई विद्यालयले सम्मान गरेको थियो।

कार्यक्रममा शिक्षिका रेणु आचार्यले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने विद्यार्थी खुसी खातुनले कार्यक्रमको सहजीकरण गरेकी थिइन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content