Menu

माइतीघरमा दीप प्रज्वलनका क्रममा महिलाले आत्मदाहको प्रयास

जनआवाज खबर |
September 08, 2026
Featured

 

काठमाडौं, २३ भदौ । काठमाडौंको माइतीघर मण्डलामा आयोजित दीप प्रज्वलन कार्यक्रमका क्रममा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन्।

दीप प्रज्वलन कार्यक्रम चलिरहेका बेला लक्ष्मी बस्नेत नाम गरेकी महिलाले शरीरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

घटना लगत्तै प्रहरी तथा स्थानीयको सहयोगमा आगो निभाइएको थियो। आगोबाट घाइते भएकी बस्नेतलाई तत्काल उपचारका लागि वीर अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

घटनाको कारण भने खुल्न बाँकी छ। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3