$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पर्सागढीमा हत्कडीसहित फरार काठ तस्करको घरबाट हत्कडी बरामद, व्यक्ति अझै फरार

  बलिराम शुक्ला, बिरुवागुठी/  पर्साको पर्सागढी नगरपालिका–२, हरपुर–गोडपसरा जाने जिरात क्षेत्रबाट हत्कडीसहित फरार भएका काठ तस्कर  दिनेश पासवान...

 

बलिराम शुक्ला, बिरुवागुठी/ पर्साको पर्सागढी नगरपालिका–२, हरपुर–गोडपसरा जाने जिरात क्षेत्रबाट हत्कडीसहित फरार भएका काठ तस्कर दिनेश पासवानको घरबाट प्रहरीले हत्कडी बरामद गरेको छ।

पर्सागढी नगरपालिका–५का २८ वर्षीय दिनेश पासवान लाई मनवा प्रहरी चौकीबाट सहायक प्रहरी निरीक्षक ऋषिराम भट्टराईको कमान्डमा खटिएको प्रहरी टोलीले आज बिहान करिब ५ बजे काठसहित पक्राउ गरेको थियो।

पक्राउ परेका पासवानलाई हत्कडी लगाएर बरामद गरिएको काठ भएको स्थानमा राखिएको थियो। बरामद काठ ट्याक्टरमा लोड गरी प्रहरी चौकी लैजाने क्रममा प्रहरीको आँखा छलेर उनी हत्कडीसहित फरार भएको थियो।

फरार भएपछि प्रहरीले उनको खोजी गर्ने क्रममा पर्सागढी नगरपालिका–५ स्थित निजको घरबाट हत्कडी बरामद गरेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक सम्मुनत अधिकारीले जानकारी दिए। उनले हत्कडी राम्रोसँग नकसिएको र हात पातलो रहेकोले हातबाट निकालेर घरमा छोडी फरार भएको बताए ।

फरार पासवानको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी टोलीले सम्भावित क्षेत्रमा खोजी तीव्र बनाएको जनाएको छ।

केही महिनाअघि मात्रै बडनिहार प्रहरी चौकीबाट पनि एक जना काठ तस्कर हत्कडीसहित फरार भएको घटना सेलाउन नपाउँदै मनवा क्षेत्रमा पुनः यस्तै घटना भएको हो। लगातार प्रहरी नियन्त्रणबाट हत्कडीसहित व्यक्ति फरार हुन थालेपछि प्रहरीको सुरक्षा तथा निगरानी व्यवस्थामाथि समेत प्रश्न उठेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content