Menu

पर्सागढीमा हत्कडीसहित फरार काठ तस्करको घरबाट हत्कडी बरामद, व्यक्ति अझै फरार

जनआवाज खबर |
September 08, 2026
Featured

 

बलिराम शुक्ला, बिरुवागुठी/ पर्साको पर्सागढी नगरपालिका–२, हरपुर–गोडपसरा जाने जिरात क्षेत्रबाट हत्कडीसहित फरार भएका काठ तस्कर दिनेश पासवानको घरबाट प्रहरीले हत्कडी बरामद गरेको छ।

पर्सागढी नगरपालिका–५का २८ वर्षीय दिनेश पासवान लाई मनवा प्रहरी चौकीबाट सहायक प्रहरी निरीक्षक ऋषिराम भट्टराईको कमान्डमा खटिएको प्रहरी टोलीले आज बिहान करिब ५ बजे काठसहित पक्राउ गरेको थियो।

पक्राउ परेका पासवानलाई हत्कडी लगाएर बरामद गरिएको काठ भएको स्थानमा राखिएको थियो। बरामद काठ ट्याक्टरमा लोड गरी प्रहरी चौकी लैजाने क्रममा प्रहरीको आँखा छलेर उनी हत्कडीसहित फरार भएको थियो।

फरार भएपछि प्रहरीले उनको खोजी गर्ने क्रममा पर्सागढी नगरपालिका–५ स्थित निजको घरबाट हत्कडी बरामद गरेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक सम्मुनत अधिकारीले जानकारी दिए। उनले हत्कडी राम्रोसँग नकसिएको र हात पातलो रहेकोले हातबाट निकालेर घरमा छोडी फरार भएको बताए ।

फरार पासवानको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी टोलीले सम्भावित क्षेत्रमा खोजी तीव्र बनाएको जनाएको छ।

केही महिनाअघि मात्रै बडनिहार प्रहरी चौकीबाट पनि एक जना काठ तस्कर हत्कडीसहित फरार भएको घटना सेलाउन नपाउँदै मनवा क्षेत्रमा पुनः यस्तै घटना भएको हो। लगातार प्रहरी नियन्त्रणबाट हत्कडीसहित व्यक्ति फरार हुन थालेपछि प्रहरीको सुरक्षा तथा निगरानी व्यवस्थामाथि समेत प्रश्न उठेको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3