पोखरिया,२असोज/पर्साको पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा विभिन्न किसिमका कपडा बरामद गरेको छ। सशस्त्र प्रहर...
पोखरिया,२असोज/पर्साको पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा विभिन्न किसिमका कपडा बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा गाईभैंसीको भुसा राख्ने गोठमा लुकाएर राखिएको अवस्थामा कपडा फेला पारेको हो।
सशस्त्र प्रहरीका अनुसार बेवारिसे अवस्थामा बरामद गरिएका कपडाको कुल मूल्य १० लाख ५८ हजार ५४० रुपैयाँ रहेको छ। बरामद कपडामा विभिन्न किसिमका तयारी तथा कपडाजन्य सामग्री रहेको जनाइएको छ।
बरामद सामग्रीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा उक्त कपडा बरामद भएको जानकारी दिए।
COMMENTS