लायन्स क्लब अफ पोखरियाको नेतृत्वमा श्री नयाँ जनशक्ति युवा क्लब, पोखरिया तथा श्री टैरी माई युवा क्लब, जगतपुरका पदाधिकारी एवं सदस्यहरू, विभिन्न राजनीतिक दलका अगुवा तथा कार्यकर्ता, संघ–संस्थाका प्रतिनिधि, सशस्त्र प्रहरी बल तथा स्थानीय पोखरियावासीहरूको सहभागितामा १३औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन तथा एक मिनेट मौन धारण गरेका थिए। बाढीका कारण ज्यान गुमाएका दाजुभाइ तथा दिदीबहिनीहरूको सम्झनामा सहभागीहरूले श्रद्धाञ्जली व्यक्त गर्दै विपद्को पीडालाई सामूहिक रूपमा स्मरण गरेका थिए।
यस अकल्पनीय तथा दुःखद घटनाबाट शोकसन्तप्त परिवारजन तथा आफन्तमा परेको अपूरणीय क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै सहभागीहरूले दुःख सहन सक्ने धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने कामना गरेका थिए।
कार्यक्रममा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विपद्का समयमा समुदायबीच एकता, सहयोग र मानवीय संवेदनालाई थप मजबुत बनाउनुपर्नेमा समेत जोड दिइएको थियो।


COMMENTS