$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

ल्याब सामग्री अभावले पर्सागढी स्वास्थ्य प्रयोगशालाको सेवा दुई महिनादेखि बन्द, सेवाग्राही मारमा

बलिराम शुक्ला, बिरुवागुठी,२७ जेठ।  पर्सागढी नगरपालिका–२ बगवन्नास्थित पर्सागढी जनस्वास्थ्य प्रयोगशालामा आवश्यक ल्याब सामग्रीको अभाव भएपछि कर...

बलिराम शुक्ला, बिरुवागुठी,२७ जेठ। 

पर्सागढी नगरपालिका–२ बगवन्नास्थित पर्सागढी जनस्वास्थ्य प्रयोगशालामा आवश्यक ल्याब सामग्रीको अभाव भएपछि करिब दुई महिनादेखि ल्याब परीक्षण सेवा पूर्णरूपमा बन्द भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर र पर्सागढी नगरपालिकाको सहयोगमा सञ्चालित प्रयोगशालाको सेवा ठप्प हुँदा स्थानीय सेवाग्राहीहरू समस्यामा परेका छन्।
स्थानीय बासिन्दा तथा पर्सागढी नगरपालिका–३ निवासी आशिष अधिकारीले ल्याब परीक्षण सेवा बन्द भएकोप्रति दुःख व्यक्त गर्दै यसअघि न्यूनतम शुल्कमा सहज रूपमा विभिन्न स्वास्थ्य परीक्षण सेवा उपलब्ध हुने गरेको बताए। उनका अनुसार अहिले सामान्य परीक्षणका लागि समेत वीरगञ्ज धाउनुपर्ने अवस्था सिर्जना भएको छ, जसले स्थानीय नागरिकमाथि समय र आर्थिक दुवै भार थपेको छ।
“सेवा शुल्क त उठाइन्छ, तर आवश्यक ल्याब सामग्री उपलब्ध गराइँदैन। यस्तो अत्यधिक गर्मीको समयमा स्थानीय नागरिकले अनावश्यक दुःख पाएका छन्,” अधिकारीले भने।
पर्सागढी जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्निसियन अताउल्लाह अन्सारीका अनुसार प्रयोगशाला विसं २०७९ सालमा स्थापना भएको हो। यसअघि प्रयोगशालाबाट उठ्ने न्यूनतम सेवा शुल्क पर्सागढी नगरपालिकाको खातामा जम्मा हुने र आवश्यक ल्याब सामग्री नगरपालिकाले खरिद गरी उपलब्ध गराउने व्यवस्था थियो।
तर चालु आर्थिक वर्षको चैत मसान्तदेखि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरको पत्राचारअनुसार प्रयोगशालाबाट उठेको सेवा शुल्क प्रदेश जनस्वास्थ्य प्रयोगशालाको खातामा जम्मा गर्न थालिएको अन्सारीले जानकारी दिए। त्यसयता आवश्यक ल्याब सामग्री प्रदेशबाट उपलब्ध नगराइएकाले प्रयोगशालाको परीक्षण सेवा पूर्ण रूपमा बन्द रहेको उनले बताए।
प्रयोगशालाबाट मधुमेह, अल्सर, ग्यास्ट्रिक, जन्डिस, क्षयरोग (टिबी), टाइफाइड, मलेरिया, डेङ्गी, कलेजो, मुटु, कोलेस्ट्रोल, बाथरोग तथा गर्भसम्बन्धी विभिन्न परीक्षण सेवा प्रदान गरिँदै आएको थियो। सेवा बन्द भएपछि स्थानीय नागरिक निजी प्रयोगशाला वा टाढाका स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन बाध्य भएका छन्।
स्थानीयवासीहरूले आवश्यक ल्याब सामग्री यथाशीघ्र उपलब्ध गराई प्रयोगशालाको सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार स्थानीय तहमा सहज रूपमा उपलब्ध हुँदै आएको स्वास्थ्य सेवा बन्द हुँदा सर्वसाधारण नागरिक सबैभन्दा बढी प्रभावित भएका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content