वीरगन्ज, वैशाख २३ — पर्साको ठोरी क्षेत्रमा यात्रुबाहक बसमा चेकजाँचका क्रममा प्रतिबन्धित लागू औषधसहित चितवनका एक युवक पक्राउ परेका छन्। पक्रा...
वीरगन्ज, वैशाख २३ — पर्साको ठोरी क्षेत्रमा यात्रुबाहक बसमा चेकजाँचका क्रममा प्रतिबन्धित लागू औषधसहित चितवनका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–८ निवासी १९ वर्षीय विश्वास परियार रहेका छन्।
प्रहरीका अनुसार सोमबार ठोरीबाट माडीतर्फ जाँदै गरेको बा.प्र.३–००१ ख २६०४ नम्बरको बस लाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले ठोरी चौतारामा रोकी नियमित जाँच गरेको थियो। सोही क्रममा बसमा सवार परियारको शरीर तलासी लिँदा उनले लगाएको पाइन्टको खल्तीमा लुकाइ राखिएको लेबोरोट क्याप्सुल ४७५ पिस बरामद गरिएको हो।
बरामद लागू औषधसहित परियारलाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


COMMENTS