Menu

ठोरीको सेलाङटोलमा भूमिगत जलसिँचाइ (डिप बोरिङ) को शिलान्यास

जनआवाज खबर |
March 11, 2026
Featured

ठोरी २७   फागुन   - पर्सा जिल्लाको ठोरी गाउँपालिका–४, निर्मलबस्ती सेलाङटोलमा करिब ८० बिगाह खेतीयोग्य जमिनलाई सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित भूमिगत जलसिँचाइ (डिप बोरिङ) आयोजनाको शिलान्यास गरिएको छ ।

आज आयोजित शिलान्यास कार्यक्रममा ठोरी गाउँपालिकाका पूर्वअध्यक्ष पीएल श्रेष्ठले भल्भबक्ससहितको डिप बोरिङको औपचारिक शिलान्यास गर्नुभयो ।

 संघीय सरकारको अनुदानमा रोटरी ड्रिलिङ विधिबाट निर्माण हुन लागेको यो आयोजनाले वर्षौंदेखि सिँचाइको अभाव झेलिरहेका स्थानीय कृषकहरूको समस्या सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

सेलाङटोल भूमिगत जलसिँचाइ उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर श्रेष्ठका अनुसार भुमिगत सिचाई प्रणालि लाई ब्यवस्थित सहित भलकस सहितको निर्माण हुने डिप बाेरिङ्गले असी बिघा सिचाइ योग्य जमिन लाई सिचाई गर्न र पानीको उचित बितरण र दिगाे ब्यवस्थापनमा टेवा पुग्ने बताउनुभयो ।

ठोरी गापाका पूर्व अध्यक्ष पीएल श्रेष्ठले डिप बाेरिङ्गको शिला न्यास गर्दै यहि आर्थिक बर्ष भित्र सम्पन्न हुने गरि निर्माण हुन लागेकाे आयोजनाले कैयो किसान हरुलाई फाईदा पुग्ने बताउनुभयो । लामो समय देखि किसान हरु  सिचाईको समस्या भोग्दै आईरहेकाे  हुनाले अब सिचाइको समस्या नहुनेमा बिस्वस्थ हुन आग्रह गरे ।

यो आयोजनाले ठोरी क्षेत्रका कृषकहरूलाई वर्षौंको सिँचाइ अभावबाट मुक्त गरी कृषि उत्पादन बढाउने र जीविकोपार्जन सुधार्नेमा किसान हरु विश्वास लियका छन ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3