$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पर्सागढीमा आँखा शिविर : २ हजार २१८ को परीक्षण, ५४३ मा मोतियाबिन्दु

  बलिराम शुक्ला , बिरुवागुठि  २२ असाेज ।  पर्साको पर्सागढी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण तथा उपचार शिविरमा २ हजार २१८ जना...

 

बलिराम शुक्ला , बिरुवागुठि  २२ असाेज । पर्साको पर्सागढी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण तथा उपचार शिविरमा २ हजार २१८ जनाको आँखा परीक्षण गर्दा ५४३ जनामा मोतियाबिन्दु देखिएको छ।

नगरपालिकाले निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा असोज ३ देखि १७ गतेसम्म नगरपालिकाका ९ वटै वडाका १२ स्थानमा सञ्चालन गरेको शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीमध्ये ३१३ जनाको सफल शल्यक्रिया निजगढस्थित तिलगंगा आँखा अस्पतालमा गरिएको नगरपालिकाले जनाएको छ।

बाँकी मोतियाबिन्दुका बिरामीमध्ये केहीमा दीर्घरोगसम्बन्धी समस्या देखिएकाले तत्काल शल्यक्रिया गर्न नसकिएको र उनीहरूको आवश्यक उपचारपछि छठ पर्वपछि नगरपालिकाले शल्यक्रिया गराउने व्यवस्था मिलाउने जनाएको छ।

पर्सागढी नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमको समीक्षा गर्दै स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद पौडेलले पर्सागढीमा मोतियाबिन्दुका कारण कोही पनि अन्धोपनको अवस्थामा पुग्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।

उनका अनुसार शल्यक्रियाका लागि अस्पताल जाने बिरामीलाई नगरपालिकाले खान, बस्न तथा आवतजावतका लागि यातायातको समेत व्यवस्था गरेको थियो। आर्थिक अवस्था कमजोर भएका तथा ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी स्थानीयस्तरमै आँखा परीक्षण गरी आवश्यक उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गरिएको पौडेलले बताए।

कार्यक्रममा नगर प्रमुख गोकर्ण पाठकले ग्रामीण तथा विपन्न परिवारका नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराउन नगरपालिका र तिलगंगा आँखा अस्पतालबीचको सहकार्यलाई निरन्तरता दिइने बताए।

समीक्षा कार्यक्रममा शिविरबाट प्राप्त उपलब्धि, सेवा प्रवाहका क्रममा देखिएका समस्या तथा आगामी दिनमा आँखा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। स्थानीयवासीले उपचार तथा सेवा प्रवाहसम्बन्धी सुझाव र गुनासा राखेका थिए।

निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया कार्यक्रम सफल बनाउन सहयोग गरेको भन्दै पर्सागढी नगरपालिकाले निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताललाई प्रशंसा–पत्रसमेत प्रदान गरेको छ।

कार्यक्रममा नगरउपप्रमुख पुजा चौधरी , तिल गगा अँखा अस्पताल निजगढका डाक्टर बिष्णुहरी मरहठा , अस्पताल ब्यवस्थापन चन्द्र थापा लगायत  कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content