धर्मेन्द्र चौरसिया, पोखरिया , २५ असोज / पर्साको कालिका माई गाउँपालिका–५, सेमराबाट चोरी भएको मोटरसाइकल इलाका प्रहरी कार्यालय पोखरियाले फेल...
धर्मेन्द्र चौरसिया, पोखरिया , २५ असोज / पर्साको कालिका माई गाउँपालिका–५, सेमराबाट चोरी भएको मोटरसाइकल इलाका प्रहरी कार्यालय पोखरियाले फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ।
स्थानीय सरोज साह सोनारको प्र.न. २–०३–००६ प ८१४३ नम्बरको मोटरसाइकल गत असोज १८ गते राति करिब २ बजेको समयमा चोरी भएको थियो।
चोरी भएको मोटरसाइकलको खोजतलास गर्ने क्रममा प्रहरीले पोखरिया नगरपालिका–४ स्थित शिवाय बैंक्वेट अगाडिबाट बेवारिसे अवस्थामा फेला पारेको थियो।
फेला परेको मोटरसाइकलको आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित धनी सरोज साह सोनारलाई बुझाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त आचार्यले जानकारी दिए।
प्रहरीको सक्रियतामा चोरी भएको मोटरसाइकल फेला परेपछि सम्बन्धित धनीले राहत महसुस गरेका छन्।

COMMENTS