जनकपुरधाम, ३० असाेज/ मधेस प्रदेश सरकारमा सहभागी नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएको छ। एमालेले शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष समर्थन फिर्तासम्बन्धी पत्र बुझाएको हो।
नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारको प्रभावकारी सञ्चालन, सुशासन, विकास निर्माण तथा जनहितका विषयमा १५ बुँदे समझदारी भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै एमालेले समर्थन फिर्ता लिएको जनाएको छ।
समर्थन फिर्तासँगै एमालेबाट मधेस प्रदेश सरकारमा सहभागी चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री मो. समीर, खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा, श्रम तथा यातायातमन्त्री शारदा देवी थापा र शिक्षा तथा खेलकुदमन्त्री मनोजकुमार सिंह रहेका छन्।
एमालेको यो निर्णयसँगै मधेस प्रदेशको राजनीतिक समीकरणमा फेरबदल आउने देखिएको छ।

COMMENTS