$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

दसौता–इनर्वा नाकामा चारपांग्रे सवारी आवागमन विवादको आन्दोलन स्थगित

  पोखरिया,१९ असोज /  पर्साको जगन्नाथपुर गाउँपालिका–२ स्थित दसौता–इनर्वा सीमा नाकामा चारपांग्रे सवारीसाधनको आवागमनलाई लिएर विगत दुई दिनदेखि ज...

 

पोखरिया,१९ असोज / पर्साको जगन्नाथपुर गाउँपालिका–२ स्थित दसौता–इनर्वा सीमा नाकामा चारपांग्रे सवारीसाधनको आवागमनलाई लिएर विगत दुई दिनदेखि जारी स्थानीयवासीको आन्दोलन हाललाई स्थगित भएको छ।

चारपांग्रे सवारीसाधनलाई नाकाबाट आवतजावत गर्न रोक लगाइएको भन्दै स्थानीयवासीले पुरानै व्यवस्था कायम गरी सहज रूपमा सवारी आवागमन गर्न दिनुपर्ने मागसहित आन्दोलन थालेका थिए। माग सम्बोधन नभएको भन्दै स्थानीयले सडकमा प्रदर्शन गर्दै आवागमनसमेत प्रभावित पारेका थिए।

विवाद समाधानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका जगन्नाथपुर गाउँपालिका–१ का उम्मेदवार भरत सिंह क्षेत्रीको पहलमा पर्सा जिल्ला प्रशासन कार्यालयमा निवेदन बुझाइएको छ। निवेदनमार्फत दसौता–इनर्वा नाकाबाट चारपांग्रे सवारीसाधनको आवागमनमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरिएको बताइएको छ।

निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारीले समस्या समाधानका लागि आवश्यक पहल गरी छिट्टै निकास निकाल्ने आश्वासन दिएको जनाइएको छ। प्रशासनबाट सकारात्मक आश्वासन प्राप्त भएपछि स्थानीयवासीले हाललाई आन्दोलन स्थगित गरेका हुन्।

स्थानीयवासीले भने प्रशासनले दिएको आश्वासनअनुसार चारपांग्रे सवारीसाधनको आवागमनलाई सहज र व्यवस्थित बनाउन स्पष्ट तथा व्यवहारिक व्यवस्था तत्काल लागू गर्न माग गरेका छन्। समस्या दीर्घकालीन रूपमा समाधान नभए पुनः आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत स्थानीयले दिएका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content