$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

बुढीगण्डकीको बाढी अपडेटः दुई झोलुङ्गे र एक फलामे पुल बगायो, घरहरूमा क्षति

गोरखा,२५ असोज/  गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर थुनिएको बुढीगण्डकी नदीमा आएको बाढीले विभिन्न स्थानमा ठूल...

गोरखा,२५ असोज/ गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर थुनिएको बुढीगण्डकी नदीमा आएको बाढीले विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाउनुका साथै घर तथा टहरामा क्षति पुर्‍याएको छ।

बाढीका कारण चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न बस्ती प्रभावित भएका छन्। प्राप्त क्षतिको विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।

त्यसैगरी, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र पाँचदेखि सातवटा टहरामा बाढी पसेको विवरण प्राप्त भएको छ।

बाढीका कारण धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घरसमेत जोखिममा परेका छन्। नदीको बहाव र बाढीको प्रभावका कारण स्थानीय बासिन्दा थप जोखिममा रहेको बताइएको छ।

यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ। पुलहरू बगाउँदा स्थानीय बासिन्दाको आवतजावत तथा यातायात सम्पर्कमा समस्या उत्पन्न हुने देखिएको छ।

लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएपछि आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती तथा पूर्वाधारमा क्षति पुर्‍याएको हो। बाढीबाट भएको क्षतिको विवरण संकलन तथा जोखिममा रहेका बस्तीको अवस्थाबारे थप जानकारी आउन बाँकी छ। स्रोतः जिल्ला प्रहरी कार्यालय गोरखा

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content