$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

जालिम मियाँका दुई छोरा हत्या आरोपमा पुर्पक्षका लागि कारागार चलान

वीरगन्ज, २४ असोज /  नेकपा एमालेका नेता तथा पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका दुई छोरा कर्तव्य ज्यान र शान्तिविरुद्धक...

वीरगन्ज, २४ असोज / नेकपा एमालेका नेता तथा पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका दुई छोरा कर्तव्य ज्यान र शान्तिविरुद्धको कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका छन्।

पर्सा जिल्ला अदालतले शुक्रबार जालिमका जेठा छोरा नासिर अहमद मन्सुरी र कान्छा छोरा जाफिर अहमद मन्सुरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। अदालतको आदेशपछि दुवै जनालाई वीरगन्ज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रहरीका अनुसार जगरनाथपुर गाउँपालिका–५ स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१३, मुर्लीमा बस्दै आएका करिब ४० वर्षीय जाफिरलाई प्रहरीले असोज १५ गते पक्राउ गरेको थियो। उनका दाइ नासिरलाई भने असोज ३ गते नै नियन्त्रणमा लिइएको थियो।

दुवै जनामाथि जगरनाथपुर गाउँपालिका–४ की जाफिरकी सालीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप छ। प्रहरीका अनुसार २०७८ साल असोज २१ गते ती महिलाको शव प्रहरीलाई जानकारी नदिई वीरगन्ज–१३ स्थित मुर्लीको कब्रस्तानमा गाड्ने क्रममा उनीहरू संलग्न रहेको आरोप लागेको थियो।

प्रहरीमा परेको विवरणअनुसार ती अविवाहित महिलामाथि जबर्जस्ती करणी भएको र त्यसपछि अत्यधिक रक्तस्रावका कारण स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। गाउँकै एक क्लिनिकमा उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ। त्यसपछि शवलाई वीरगन्जको मुर्लीमा ल्याएर गोप्य रूपमा गाड्न खोजिएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

घटनाको अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले करिब पाँच वर्षपछि जालिमका दुवै छोरालाई पक्राउ गरेको हो। यसअघि जालिमको राजनीतिक पहुँचका कारण घटनाको अनुसन्धान प्रभावकारी रूपमा अघि नबढेको आरोपसमेत लाग्दै आएको थियो।

प्रहरीले घटनामा संलग्न रहेको आशंका गरिएका अन्य व्यक्तिहरू पनि फरार रहेको जनाएको छ। उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ।

अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको भए पनि मुद्दाको अन्तिम फैसला हुन बाँकी छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content