$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

एमाले त्यागेको घोषणा गरेका विजय सरावगीको नाममा रास्वपाको सदस्यता नम्बर सार्वजनिक

वीरगन्ज २३ असोज / वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले नेकपा एमालेसँगको सम्बन्ध तोडेको घोषणा गरेका छन्। एमालेको साधारण सदस्यस...

वीरगन्ज २३ असोज /वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले नेकपा एमालेसँगको सम्बन्ध तोडेको घोषणा गरेका छन्। एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीका सबै जिम्मेवारी त्यागेको घोषणा गरेका सरावगीको नाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता परिचय नम्बरसमेत सार्वजनिक भएपछि उनको राजनीतिक यात्राबारे चर्चा चुलिएको छ।

बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरावगीले एमाले परित्याग गरेको जानकारी दिएका हुन्। उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘आजको मितिदेखि म नेकपा एमालेको साधारण सदस्य नरहने गरी सम्पूर्ण जिम्मेवारी परित्याग गरेको छु।’

सरावगीले एमाले छाडेको घोषणा गरेलगत्तै रास्वपाको सदस्यता विवरणमा उनको नाम र सदस्यता परिचय नम्बर देखिएको विषय सार्वजनिक भएको छ। उक्त विवरणमा उनको नाममा ‘पीआरएस १ ख ०००४३५७७६’ सदस्यता परिचय नम्बर उल्लेख छ। यसले उनी रास्वपामा आबद्ध हुन लागेको वा भइसकेको विषयलाई थप चर्चामा ल्याएको छ। यद्यपि, सदस्यता विवरण सार्वजनिक भएको आधारमा मात्रै उनको औपचारिक पार्टी प्रवेशबारे निष्कर्ष निकाल्न सकिने अवस्था छैन।

सरावगीको राजनीतिक यात्रा पछिल्ला वर्षमा विभिन्न दल हुँदै अघि बढेको देखिन्छ। उनी २०७८ सालमा जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए। त्यसपछि २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वीरगन्ज महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा उनी जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहसँग पराजित भएका थिए।

वीरगन्जको राजनीतिमा प्रभावशाली व्यक्तित्वका रूपमा परिचित सरावगीले एमाले त्यागेको घोषणा गरेसँगै उनको आगामी राजनीतिक कदमबारे चासो बढेको छ। जसपाबाट एमाले हुँदै अहिले रास्वपाको सदस्यता विवरणमा नाम सार्वजनिक हुनुले उनको राजनीतिक यात्रामा अर्को परिवर्तन आउन सक्ने संकेत गरेको छ।

तर, रास्वपामा उनको औपचारिक प्रवेश र आगामी राजनीतिक योजनाबारे स्पष्ट धारणा सार्वजनिक हुन बाँकी छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content