पोखरिया,२२असोज/पर्साको पोखरिया नगरपालिकाका विभिन्न वडाका नेकपा एमालेसँग आबद्ध तीन स्थानीय नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
पोखरिया नगरपालिका–५ का नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष महेन्द्र महतोका छोरा राजु चौहान, गत स्थानीय तह निर्वाचनमा एमालेबाट वडा नं. ६ को वडाध्यक्ष पदमा उम्मेदवार बनेका मनोज चौहान तथा वडा नं. १० का बुन्नी राउत पटेल रास्वपामा प्रवेश गरेका हुन्।
उनीहरूलाई बिहीबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति तथा सांसद हरिपन्तले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए।
पार्टी प्रवेश कार्यक्रममा रास्वपा पोखरिया नगर सभापति दिलीप ठाकुरसहित जिल्लाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
स्थानीय तहमा विभिन्न राजनीतिक दलसँग आबद्ध रहेका प्रभावशाली स्थानीय नेताहरू रास्वपामा प्रवेश गरेसँगै पोखरिया क्षेत्रमा रास्वपाको संगठन विस्तार र राजनीतिक गतिविधि थप प्रभावकारी बन्ने अपेक्षा गरिएको पार्टीका स्थानीय नेताहरूले बताएका छन्।

COMMENTS