$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

मितेरी पुलबाट भारत प्रवेश गर्न खोज्दा ११ किलो चरेससहित नेपाली नागरिक पक्राउ

  वीरगञ्ज, १८ असोज / वीरगञ्ज–रक्सौल जोड्ने मितेरी पुल हुँदै भारततर्फ लैजान खोजिएको ११ किलोभन्दा बढी चरेससहित एक नेपाली नागरिक भारतीय सुरक्षा...

 

वीरगञ्ज, १८ असोज /वीरगञ्ज–रक्सौल जोड्ने मितेरी पुल हुँदै भारततर्फ लैजान खोजिएको ११ किलोभन्दा बढी चरेससहित एक नेपाली नागरिक भारतीय सुरक्षा निकायको नियन्त्रणमा परेका छन्।

भारतको बिहारस्थित रक्सौलतर्फ जाँदै गरेको ई–रिक्साबाट शनिबार साँझ ११ किलो २४६ ग्राम चरेस बरामद भएपछि वीरगञ्ज महानगरपालिका–छपकैयाका ३९ वर्षीय अमर चौधरी पक्राउ परेका हुन्।

भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले लागूऔषध ओसारपसार भइरहेको विशेष सूचना पाएपछि सीमावर्ती क्षेत्रमा निगरानी तथा जाँच कडा पारेको थियो। एसडीपीओ मनिष कुमार आनन्दको कमान्डमा खटिएको टोलीले शंकास्पद ई–रिक्सालाई रोकेर खानतलासी गर्दा चरेस फेला पारेको भारतीय सुरक्षा निकायले जनाएको छ।

जाँचका क्रममा ई–रिक्साभित्र लुकाएर राखिएको बोराबाट कालो प्लास्टिकमा प्याक गरिएका २२ वटा प्याकेट बरामद गरिएको थियो। ती प्याकेटमा कुल ११ किलो २४६ ग्राम चरेस रहेको पुष्टि भएको बताइएको छ।

चरेससहित पक्राउ परेका चौधरीलाई बरामद लागूऔषध र ई–रिक्सासमेत थप कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया प्रहरी थानाको जिम्मा लगाइएको एसएसबीले जनाएको छ।

मकवानपुरबाट सङ्कलन गरी भारत लैजान खोजिएको आशंका

भारतीय सुरक्षा निकायका अनुसार प्रारम्भिक अनुसन्धानमा बरामद चरेस मकवानपुरका विभिन्न स्थानबाट सङ्कलन गरिएको खुलेको छ। त्यसपछि बारा र पर्साका विभिन्न मार्ग प्रयोग गरी भारततर्फ लैजान खोजिएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाइएको छ।

यद्यपि, लागूऔषध ओसारपसारमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ। चरेसको वास्तविक स्रोत, ओसारपसारको सञ्जाल र गन्तव्यबारे थप विवरण अनुसन्धानपछि खुल्ने अपेक्षा गरिएको छ।

नेपालतर्फको सुरक्षा जाँचमाथि प्रश्न

मकवानपुरबाट सङ्कलन गरिएको भनिएको ११ किलोभन्दा बढी चरेस विभिन्न सडक मार्ग पार गर्दै वीरगञ्जको सीमावर्ती क्षेत्रसम्म पुगेपछि भारतीय भूमिमा प्रवेश गर्ने क्रममा बरामद हुनुले नेपालतर्फको सुरक्षा निगरानीबारे प्रश्न उठाएको छ।

नेपालमा लागूऔषध नियन्त्रणका लागि प्रहरी तथा अन्य सुरक्षा निकाय परिचालित रहे पनि यति ठूलो परिमाणको लागूऔषध सीमासम्म पुग्नुले सडक मार्गमा हुने जाँच तथा निगरानीको प्रभावकारिताबारे चासो बढाएको छ।

वीरगञ्ज–रक्सौल नाका नेपाल र भारतबीचको प्रमुख आवागमन तथा व्यापारिक मार्गमध्ये एक हो। खुला सीमाको फाइदा उठाउँदै हुने लागूऔषध ओसारपसार नियन्त्रण गर्न सीमावर्ती क्षेत्रसँगै सम्भावित ओसारपसार मार्गमा समेत निगरानी प्रभावकारी बनाउनुपर्ने आवश्यकता यस घटनाले पुनः उजागर गरेको छ।

पक्राउ परेका चौधरीमाथि भारतीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content