ठोरी, ९ असोज/ नेपाली कांग्रेस ठोरी गाउँपालिकाको अधिवेशनबाट मिलन श्रेष्ठ सभापतिमा निर्विरोध चयन भएका छन्।
ठोरी–३ ब्रह्मनगरमा सम्पन्न अधिवेशनबाट ठोरी–४ का श्रेष्ठसहित २० सदस्यीय पालिका कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत गणेशप्रसाद सापकोटाले जानकारी दिए।
समितिको उपसभापतिमा ठोरी–५ का शिव बस्नेत र ठोरी–२ की लेखमाया भण्डारी घिमिरे, सचिवमा प्रकाश तिमल्सिना, सहसचिवमा ठोरी–१ का सञ्जय सुवेदी तथा कोषाध्यक्षमा ठोरी–३ की गोमादेवी श्रेष्ठ चयन भएका छन्।
सदस्यमा मुना सापकोटा, समिता विश्वकर्मा, सङ्गीता लोहनी, परशुराम नेपाल, डोरप्रसाद अधिकारी, पेमा तामाङ, अक्कलबहादुर गोले, रनबहादुर खड्का र धनबहादुर तामाङी मगरलगायत चयन भएका छन्।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेस मधेस प्रदेशका महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले गरेका थिए। कार्यक्रममा कांग्रेसका रामबहादुर श्रेष्ठ, अमृतकृष्ण सापकोटा, रामकृष्ण पन्त, विश्वराज घिमिरेलगायतले शुभकामना मन्तव्य दिएका थिए।
ठोरी गाउँपालिकाका पाँचवटै वडाको अधिवेशन यसअघि सम्पन्न भइसकेको छ। कांग्रेसको राष्ट्रिय महाधिवेशन असोज १६ गतेदेखि काठमाडौंमा हुँदैछ

COMMENTS