$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पोखरिया अस्पतालको ५० शैय्या स्तरोन्नति ६ वर्षदेखि अलपत्र

  धर्मेन्द्र चौरसिया, पोखरिया, ९ असोज/ पर्साको पोखरिया अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय भएको छ वर्ष बितिसक्...

 

धर्मेन्द्र चौरसिया, पोखरिया, ९ असोज/ पर्साको पोखरिया अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय भएको छ वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसक्दा अस्पतालको सेवा प्रभावित भएको छ । पूर्वाधार, उपकरण, जनशक्ति र व्यवस्थापनको अवस्था कमजोर हुँदा आधारभूत स्वास्थ्य सेवा लिन आउने बिरामीसमेत समस्यामा पर्ने गरेका छन् ।

मधेस प्रदेश सरकारले २०७६ चैत २८ गते १५ शय्यामा सञ्चालित पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकारको मातहतमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । तर वर्षौं बितिसक्दा पनि अस्पतालको पूर्वाधार र सेवा विस्तारले अपेक्षित गति लिन सकेको छैन । अस्पतालको वर्तमान अवस्था हेर्दा ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय कागजमैं सीमित भएको देखिन्छ ।

अस्पतालको एउटा कोठामा नयाँ शय्याहरू खाली राखिएका छन् भने छेउकै वार्डमा बिरामीलाई भुइँमैं राखेर उपचार गर्नुपर्ने अवस्था छ । अस्पतालमा रहेको एक्स–रे मेशीन लामो समयदेखि बिग्रिएर थन्किएको छ । ल्याब सेवा पनि प्रभावित भएपछि अस्पतालले सूचना जारी गरी सेवा बन्द गरेको जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा आनन्द रौनियारका अनुसार एक्स–रे मेशीन मर्मतका लागि करीब सात लाख र ल्याब मेशीन सञ्चालनका लागि करीब दुई लाख आवश्यक पर्ने जानकारी प्रदेश सरकारलाई गराइएको छ ।

उपकरण र पूर्वाधारसँगै अस्पतालको सरसफाइ तथा व्यवस्थापनमाथि पनि प्रश्न उठेको छ । फोहोर राख्ने कन्टेनरवरिपरि फोहोर छरिएको, शौचालय पर्याप्त सफा नरहेको तथा बिरामीलाई आवश्यक औषधि नियमित उपलब्ध नहुने गुनासो बिरामीका कुरुवाहरूको छ । अक्सिजन सिलिन्डरसमेत व्यवस्थित भण्डारण नगरी खुला स्थानमा राखिएको देखिन्छ ।

यसबीच, सङ्घीय सरकारले पनि २०८१ मङ्सिरमा पोखरिया अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । प्रदेश र स्थानीय तहबाट पटकपटक पूर्वाधार तथा सेवा विस्तारको प्रतिबद्धता आए पनि कार्यान्वयन भने प्रभावकारी हुन सकेको छैन ।

२०७८ सालमैं पोखरिया नगरपालिकाले अस्पतालको माथिल्लो तला थप्न, आवश्यक औषधि खरीद गर्न तथा शल्यक्रिया कक्ष, आइसियू र नवजात शिशु सघन उपचार सेवा सञ्चालनका लागि प्रदेश सरकारसँग बजेट माग गरेको थियो ।

ग्रामीण क्षेत्रका नागरिकका लागि पोखरिया अस्पताल महŒवपूर्ण स्वास्थ्य संस्था हो । यहाँ प्रभावकारी सेवा नपाउँदा बिरामीहरू करीब २५ किलोमिटर टाढाको वीरगंजस्थित नारायणी अस्पताल पुग्नुपर्ने बाध्यता छ ।

छ वर्ष अघि भएको स्तरोन्नतिको निर्णय अझै कार्यान्वयन हुन नसक्दा प्रदेश सरकार र पोखरिया नगरपालिकाको भूमिकामाथि प्रश्न उठेको छ । निर्णय गर्ने निकायले आवश्यक बजेट, जनशक्ति र उपकरण उपलब्ध गराउने कि व्यवस्थापनको जिम्मेवारी एकअर्कामाथि पन्छाउने भन्ने प्रश्न अहिले पनि अनुत्तरित छ । अधूरो भवन, बिग्रिएका उपकरण, औषधिको अभाव र बिरामीलाई भुइँमा राखेर उपचार गराउनुपर्ने अवस्थाले पोखरिया अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न तत्काल ठोस पहल आवश्यक देखाएको छ ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content