Menu

भिस्वामा भन्सार क्षेत्र आसपासका मदिरा पसल असोज १८ गतेभित्र हटाउन सहमति

जनआवाज खबर |
September 04, 2026
Featured

 

भिस्वा१९ भदौ /पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वा स्थित सडक क्षेत्रमा सञ्चालनमा रहेका मदिरा पसलहरू हटाउने विषयमा स्थानीय जनप्रतिनिधि र सशस्त्र प्रहरीबीच सहमति भएको छ।

भिस्वामा भन्सार क्षेत्रको आसपास सञ्चालनमा रहेका मदिरा पसलहरू हटाउने विषयमा स्थानीय जनप्रतिनिधि तथा सशस्त्र प्रहरी निरीक्षक मुकेश प्याखुरेल,र नेपाल प्रहरी बीच छलफल भएको थियो। छलफलपछि मदिरा पसल सञ्चालकहरूलाई एक महिनाभित्र उक्त क्षेत्र खाली गराउने सहमति भएको हो।

सहमति अनुसार भन्सार क्षेत्रबाट ५०० मिटरको दूरीभित्र सञ्चालनमा रहेका मदिरा पसलहरू असोज १८ गतेसम्म हटाइसक्नुपर्नेछ। सम्बन्धित पसल सञ्चालकहरूलाई तोकिएको समयसीमाभित्र स्थान खाली गर्न आग्रह गरिएको छ।

स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायबीच भएको सहमतिपछि भन्सार क्षेत्र आसपास सञ्चालनमा रहेका मदिरा पसलहरू व्यवस्थित रूपमा हटाउने प्रक्रिया अघि बढ्ने जनाइएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3