वीरगञ्ज १९ भदौ / वीरगञ्जको इनर्वा भन्सार क्षेत्रमा रहेका दुई होटलमा प्रहरीले छापा मारेर ५ महिलासहित ८ जनालाई नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा खटिएको टोलीले बुधबार दिउँसो वीरगञ्ज महानगरपालिका–१६ स्थित अभिषेक होटल र बेदामी होटलमा छापा मारेको हो।
प्रहरीका अनुसार होटलमा अनैतिक गतिविधि हुने गरेको भन्ने सूचना प्राप्त भएपछि निगरानी बढाउँदै छापा मारिएको हो। छापाका क्रममा नियन्त्रणमा लिइएकामध्ये २ जना भारतीय महिला र २ जना भारतीय पुरुष रहेको प्रहरीले जनाएको छ। बाँकी ४ जनाको परिचय भने प्रहरीले तत्काल सार्वजनिक गरेको छैन।
नियन्त्रणमा लिइएका सबैलाई प्रहरी कार्यालयमा राखेर घटनाबारे सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले होटलमा भएको गतिविधि, संलग्न व्यक्तिको भूमिका तथा घटनाको वास्तविक अवस्थाबारे अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जनाएको छ।

COMMENTS