$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने पर्सा बहुदरामाइका अंसारी सहित २९ जना नियन्त्रणमा

फोटो AI को सहयोगमा तयार पारिएको हो  धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगदसहितको सेफ फेला पारी तोडफोड गरी रकम निकालेर ...

फोटो AI को सहयोगमा तयार पारिएको हो 

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगदसहितको सेफ फेला पारी तोडफोड गरी रकम निकालेर लगेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ ।

भदौ १० गते आएको बाढीले बगाएर ल्याएको सेफ गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो । सेफ तोडफोड गरी त्यसमा रहेको नगद निकालेर स्थानीयले लगेको सूचना पाएपछि प्रहरीले भदौ १२ गतेदेखि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ ।

बरामद रकमको वास्तविक स्रोत, सेफमा कति रकम थियो भन्ने विषय तथा घटनामा संलग्न अन्य व्यक्तिको पहिचानका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए ।

नियन्त्रणमा लिइएकामध्ये अधिकांश गल्छी गाउँपालिका–४ मासटार र आदमघाट क्षेत्रका छन् । चितवन र पर्सा घर भएका केही व्यक्ति पनि घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पर्साको बहुदरमाई नगरपालिका–९ घर भई हाल धादिङको गजुरी गाउँपालिका–६ आदमघाट बस्ने २८ वर्षीय सकुर अन्सारी र चितवनको राप्ती नगरपालिका–६ घर भई हाल गजुरी गाउँपालिका–८ आदमघाट बस्ने २९ वर्षीय विचारी आले मगर पनि नियन्त्रणमा छन् । घटनासम्बन्धी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content