Menu

बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने पर्सा बहुदरामाइका अंसारी सहित २९ जना नियन्त्रणमा

जनआवाज खबर |
August 29, 2026
Featured

फोटो AI को सहयोगमा तयार पारिएको हो 

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगदसहितको सेफ फेला पारी तोडफोड गरी रकम निकालेर लगेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ ।

भदौ १० गते आएको बाढीले बगाएर ल्याएको सेफ गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो । सेफ तोडफोड गरी त्यसमा रहेको नगद निकालेर स्थानीयले लगेको सूचना पाएपछि प्रहरीले भदौ १२ गतेदेखि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ ।

बरामद रकमको वास्तविक स्रोत, सेफमा कति रकम थियो भन्ने विषय तथा घटनामा संलग्न अन्य व्यक्तिको पहिचानका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए ।

नियन्त्रणमा लिइएकामध्ये अधिकांश गल्छी गाउँपालिका–४ मासटार र आदमघाट क्षेत्रका छन् । चितवन र पर्सा घर भएका केही व्यक्ति पनि घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पर्साको बहुदरमाई नगरपालिका–९ घर भई हाल धादिङको गजुरी गाउँपालिका–६ आदमघाट बस्ने २८ वर्षीय सकुर अन्सारी र चितवनको राप्ती नगरपालिका–६ घर भई हाल गजुरी गाउँपालिका–८ आदमघाट बस्ने २९ वर्षीय विचारी आले मगर पनि नियन्त्रणमा छन् । घटनासम्बन्धी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3