$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

भरतपुर–माडी–ठोरी हुलाकी राजमार्ग स्तरोन्नतिको इआइए प्रक्रिया अघि बढ्यो

चितवन,२६ साउन/  चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भरतपुर–माडी–ठोरी हुलाकी राजमार्गको स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन ...
चितवन,२६ साउन/ चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भरतपुर–माडी–ठोरी हुलाकी राजमार्गको स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रक्रिया अघि बढाइएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडक स्तरोन्नतिको प्रक्रिया अघि बढेसँगै माडीवासीमा सडक सुधार हुने आशा जागेको छ।

इआइए प्रक्रियाअन्तर्गत सडकको दायाँ–बायाँ १५–१५ मिटर क्षेत्रमा पर्ने रुखको पहिचान, छपान तथा नम्बरिङ कार्य सम्पन्न गरिएको छ। उक्त क्षेत्रमा १ हजार ९९६ वटा रुख रहेको पहिचान भएको हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हालसम्म रुखको पहिचान र गणना मात्र गरिएको हो। इआइए प्रतिवेदनले सडक स्तरोन्नतिका क्रममा रुख कटान आवश्यक रहेको देखाएमा त्यसका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।

परामर्शदाता कम्पनीले वातावरण व्यवस्थापन योजनासहित इआइएको मस्यौदा तयार गरिरहेको छ। मस्यौदा तयार भएपछि आगामी भदौमा सार्वजनिक सुनुवाइ गर्ने तयारी गरिएको छ। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी दशैंअघि नै अन्तिम इआइए प्रतिवेदन बुझाउने लक्ष्य राखिएको छ।

निकुञ्ज क्षेत्र हुँदै जाने यो सडक लामो समयदेखि जीर्ण हुँदा माडी तथा आसपासका बासिन्दाले आवतजावतमा विभिन्न समस्या झेल्दै आएका छन्। विशेषगरी वर्षायाममा सडकमा खाल्डाखुल्डी, हिलो तथा पानी जम्ने समस्याका कारण यातायात सञ्चालन प्रभावित हुने गरेको छ।

इआइए प्रक्रिया अघि बढेसँगै सडक स्तरोन्नतिको बाटो खुल्ने अपेक्षा गरिएको छ। सडक स्तरोन्नति भएमा माडीवासीको दैनिक आवतजावत सहज हुनुका साथै भरतपुर, माडी र ठोरीबीचको यातायात सम्पर्क थप प्रभावकारी हुने स्थानीयको विश्वास छ।

यद्यपि, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र संवेदनशील पर्यावरणीय क्षेत्र भएकाले सडक स्तरोन्नतिको क्रममा वन तथा वन्यजन्तुको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पनि देखिएको छ। विकास निर्माण र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्दै सडक स्तरोन्नति गर्नुपर्ने सरोकारवालाको धारणा छ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content