रौतहट २९साउन/भारतको झारखण्डमा रौतहटबाट तीर्थयात्रा का लागि गएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। दुर...
रौतहट २९साउन/भारतको झारखण्डमा रौतहटबाट तीर्थयात्रा का लागि गएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा शिवम कुमार, सुन्दर कुमार र नवल जयसवाल रहेका छन्। बसमा ५० जना यात्रु सवार रहेको बताइएको छ।
बस देवघाटबाट भारतको राजगिरतर्फ जाँदै गरेको क्रममा झारखण्डमा दुर्घटनामा परेको हो। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ। संभार: बरहथवा खबर


COMMENTS